durbar-times

ग्रीनलाइफ हाइड्रोपावरको आज बाँडफाँड,दुई भाग्यमानीले पाए ११ कित्ता


ग्रीनलाइफ हाइड्रोपावरको आज  बाँडफाँड,दुई भाग्यमानीले पाए ११ कित्ता

ग्रीनलाइफ हाइड्रोपावरको आज शुक्रबार बाँडफाँड भएको छ ।बिक्री प्रबन्धक बिओके क्यापिटलले आज उक्त आइपीओ कम्पनीको कार्यलयमा बाँडफाँड गरेको हो ।

यस अघि कम्पनीले १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

कम्पनीको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

कम्पनीको आइपीओमा आवेदन दिएका कुला लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी २२ कित्ता दुई लगानिकर्ताहरुलाई ११/११ कित्ताका दरले बाडिएको छ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send