durbar-times

ग्रीनलाइफको आइपीओमा कति पर्याे आवेदन


ग्रीनलाइफको आइपीओमा कति पर्याे आवेदन

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख २६ हजार ७७ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार ४ः३१ बजेसम्म २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन परेको छ ।

कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको हो । यसआधारमा, सर्वसाधारणले हालसम्म माग भन्दा ७.३० गुणा बढी आवेदन दिएका छन् । यो आइपीओ भर्ने मंगलबार अन्तिम दिन हो ।

ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गरेको हो ।

ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी बिक्री गरिएको हो ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send