केही वर्ष अघिसम्म काठमाडाैँलगायत देशका विभिन्न शहरका भित्ताहरूमा देखिने गरिखान देउ !!! भन्ने नारकाे तात्पर्य गाैण थियाे । हरकाेही यसलाइ काेही कसैकाे फगत नारा सम्झिन्थे ।
तर अहिले हर नेपालीहरूकाे मनमा यही नारा गुम्सिरहेजस्ताे देखिन्छ । देशमा राजनैतिक अस्थिरताकाे अन्त्यका लागि भन्दै भाेट मागेर जितेकाहरू नै नेपाल बन्द र हड्ताल गरेर पुनः अस्थिरतातर्फ उन्मुख भैरहेका छन् ।
नेकपा प्रचण्ड माधव नेपाल पक्षले गरेकाे देशव्यापी आमहड्तालका कारण आज देशैभरका मुख्य शहरलगायत भित्री शहरहरूमा समेत उद्याेग , व्यवसाय बन्द भएका छन् । दैनिक ज्याला मजदूरी गरेर छाक टारीरहेकाहरूकाे छाक बन्द भएकाे छ ।
काेभिड १९ माहामारीले तहसनहस बनाएकाे आम जनताकाे दैनिकीमा भर्खरैमात्र मुना पलाउन लागेकाे थियाे । तर, सरकार लगायत अन्य राजनैतिक दलहरूकाे अहम र अदूरदर्शीताकाे मारमा जनताले फेरी एक छाक खान पनि धाै धाै पर्ने अवस्था आइपुगेकाे छ ।
जनताकाे घर भत्काएर राज्यकाेषबाट अर्बाैँकाे दान गर्ने सरकार देशैभरिबाट जनता बटुल्न लागि परिरहेकाे छ भने सरकारकै एक टुक्रालगायत अन्य दलहरू त्यसकाे प्रतिवाद गरिरहेका छन् । कार्यकर्ताहरूलाइ त रमाइलाे नै भएकाे हाेला तर आम जनतालाइ भने जाडाेमा एकसराे न्यानाे कपडाकाे आवश्यकताकाे महसुस भैरहेकाे छ , न कि एकदिन बालिने आगाेकाे ।
जनताहरूले मनमनै भनिरहेकाे भान हुन्छ 'गरिखान देउ।'