durbar-times

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका ६ थामीझोडा बस्ने ५० वर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा सोमबार राती  मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार राती छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केदै गरेका बोहोरालाई जंगलबाट आएका ३ वटा जंगली हात्तीले कुल्चेर  गम्भीर घाइते बनाएको थियो ।

घाइते बोहोराको उपचारको लागि उर्लाबारीतर्फ  लैजाँदै गर्दा  राती ११ बजे बाटोमा मृत्यु भएको हो ।

1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send