हालाण्डलाई गोल्डेन ब्वाई अवार्ड


हालाण्डलाई गोल्डेन ब्वाई अवार्ड

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् ।

सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् । इटालियन पत्रिका टुट्टोस्पोर्ट्सले सन् २००३ बाट हरेक वर्ष यस अवार्ड प्रदान गर्ने गर्दछ ।

गत वर्ष जोआ फेलिक्सले यस अवार्ड जितेका थिए ।

अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान्चो, अल्फान्सो डेभिस, मासन ग्रीनउड र अन्सु फातीलाई पछि पारे ।

गत सिजन डर्टमण्ड आएका हालाण्डले २०१९/२० को सिजन ४४ गोल गरेका थिए । २० वर्षीय हालाण्डले यस सिजन ११ खेलमा ११ गोल गरिसकेका छन् ।

यो पनि: बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...