महानायक राजेश हमालले एक नयाँ चलचित्र साइन गरेका छन् । निकै समयपछी उनि ठुलो पर्दामा फर्किन आटेका हुन् ।
‘सत्यम्’मा हमालले काम गर्ने पक्का भएको हो । स्रोतका अनुसार उनले चलचित्रका लागि लिखित संझौता समेत गरिसकेका छन्।
यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल नै देखिदैछन् । यो चलचित्रमा नायक अनुप विक्रम शाहीले पनि काम गर्दैछन् । चलचित्रमा अनुप खलनायकको भूमिकामा देखिने बुझिएको छ ।
चलचित्रका लागि नायिका फाइनल गरिएको छैन । यो फिल्म शंकर कार्कीले निर्देशन गर्न लागेका हुन्।