कम्प्युटर प्रयाेग गर्नेकाे भन्दा हातले लेख्नेकाे दिमाग तेज (बच्चाकाे लेख्ने क्षमता बृद्धि गर्ने तरिका)


कम्प्युटर प्रयाेग गर्नेकाे भन्दा हातले लेख्नेकाे दिमाग तेज (बच्चाकाे लेख्ने क्षमता बृद्धि गर्ने तरिका)

वर्तमान समयमा विश्व नै डिजिटलाइज हुँदै गैरहेकाे छ । हामीलाई आवश्यक पर्ने हर कुरा अहिले डिजिटल दुनियाँमा सजिलै प्राप्त गर्न सकिन्छ । यहाँसम्म कि अहिले विद्यालय शिक्षा पनि पुरै डिजिटल हुने क्रममा रहेकाे छ ।

विश्वमा यस्ताे पनि देश छ जहाँ बच्चाहरूलाई ह्याण्डराइटिङकाे कुनै जरूरत पर्दैन । उनीहरू कम्प्युटरमा लेखेकै भरमा उच्च शिक्षा पुरा गर्दछन् ।

हाे, अमेरिकाका ४५ वटा राज्यमा बच्चालाई कुनै ह्याण्डराइटिङकाे जरूरत पर्दैन ।

त्यहीँ, एक अमेरिकी सँस्थाले यस्ताे रिसर्च गरेकाे छ कि अभिभावकहरू पनि साेच्न बाध्य भएका छन् ।

रिसर्चले कम्प्युटर प्रयाेग गर्ने बच्चाभन्दा हातले लेख्ने बच्चाहरूकाे दिमाग ज्यादा चल्ने र बढी साेच्न सक्ने देखाएकाे छ । रिसर्चरले बच्चाहरूकाे दिमागकाे सक्रियताकाे अध्ययन गरेर यस्ताे कुरा पत्ता लगाएका हुन्  । उक्त अध्ययनमा पेन्सिल वा पेनले लेख्नेहरूकाे दिमागमा कम्प्युटर प्रयाेग गर्नेकाे भन्दा सेंसरी माेटरमा सक्रियता ज्यादा हुने गरेकाे पाइयाे । उक्त सेंसरी माेटरमा हुने सक्रियपना भाषा सिक्ने र ध्यान एकत्रित गर्ने कुरामा मद्दत गर्ने वैज्ञानिकहरूले बताएका छन् ।

रिसर्चमा याे पनि पत्ता लागेकाे छ कि लेख्ने तरिकाबाट वयस्कहरूलाई पनि फाइदा छ । वैज्ञानिकहरूका अनुसार कुनैपनि कुरालाई कम्प्युटरमा लेख्नुभन्दा कपिमा पेनकाे सहायताले लेख्दा त्याे कुरा दिमागमा सहजै बस्ने गर्दछ र याद गर्न पनि सजिलाे हुने गर्दछ ।

याे रिसर्च अमेरिकाकाे नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नाेलाेजीकाे एक टीमले गरेकाे हाे ।

उक्त रिसर्चले बच्चाहरूकाे ह्याण्डराइटिङ सुधार्नका लागि केही टिप्स पनि दिएकाे छ । ती यसप्रकार रहेका छन् ।

  • पेन्सिल अथवा इन्क पेनले लेख्ने प्रयास गर्ने
  • पेन्सिल केही माथी समातेर लेख्ने काेशिस गर्ने
  • लेख्ने समयमा काँध हैन कुहिनाे देखि तल मात्र हल्लाउने
  • पीठाे , चामल या बालुवामा हातले लेख्ने काेशिस गर्ने
  • हात दर्हाे बनाएर पेन्सिल वा पेन नसमात्ने
  • लाइनवाला पेपरमा नै लेख्ने बानी बसाल्ने
  • अलग अलग अक्षर लेख्न काेशिस गर्ने
  • दैनिक दुई पेज लेख्ने बानी बसाल्ने

यसरी बच्चाहरूकाे लेख्ने बानीकाे विकास गर्न सकिने अध्ययनले देखाएकाे छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...