हरिवंश आचार्य दम्पती कोरोना संक्रमणमुक्त


हरिवंश आचार्य दम्पती कोरोना संक्रमणमुक्त

काठमाडौं | हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन् । हरिवंश आचार्यले आफूहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै सबैलाई धन्यवाद दिएका हुन् ।

असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् ।

कोरोना लागेपछि के खाने, के नखाने ?
अलिअलि भन्दाभन्दै नेपालमा पनि कोरोना पोजेटिभ हुनेको संख्या उल्लेख्य रूपमा दिनानुदिन बढिरहेको छ । हिजोको दिनमा १–२ भनेर गनिने संक्रमित अहिले सय हुँदै हजारको संख्यामा दिन प्रतिदिन बढिरहेका छन् । अस्पतालमा बेड र आईसीयू नपुग हुँदा पछिल्लो समय अधिकांश सर्वसाधारण आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन् । अन…

आज फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, "हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद।"


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...