हातहतियारसहित दुईजना पक्राउ


हातहतियारसहित दुईजना पक्राउ

स्याङ्जा । स्याङ्जामा विभिन्‍न हातहतियारसहित दुईजना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका ६, काउले सिमलबोट बस्‍ने ६६ वर्षीय थमन गुरुङ र सोही नगरपालिका ६, काउले कीराखोर बस्‍ने २० वर्षीय सुजन गुरुङलाई विभिन्‍न हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले  उनीहरुको घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरुवा बन्दुकको नाल ब्यारलको भाग, १४५ ग्राम बारुद, ११ वटा टिनको स-साना पाता, ५ थान केप, १५६ वटा स-साना काचो सिसा र सुजनको घरबाट एकथान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...