http://bit.ly/bajajdurbartimes

आज एकसाथ देशभरका ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दै


आज एकसाथ देशभरका ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दै

सरकारले आज एकसाथ देशभरका ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ। आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ती स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल शिलान्यास गर्न लागिएको हो।

आजै सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास पनि गर्न लागिएको छ। आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइने सरकारको तयारी छ।

स्थानीय तहमा अस्पताल बनाउन हालै अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि शिलान्यासको तयारी गरिएको हो। ती अस्पताल बनाउन र उपकरण जोड्न रु.५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ खर्च हुनेछ।

उक्त रकम खर्च गर्न अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि अस्पताल शिलान्यास गर्न लागिएको हो। यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन्।

पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी हुनेछन्। त्यस्तै १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी हुनेछन्। १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ।

७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो।

प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ। पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ।

1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send