बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । कैलाश हेलिकप्टर सर्भिसजको नाइन एनए जेजे हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ झिल्टुङमा आकस्मिक अवतरण गरिएको हो। हेलिकप्टरमा चालकसहित गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारी,गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल सवार थिए । चरा ठोक्किएपछि हेलिकोप्टरको अगाडीको सीसा फुटेको छ । हेलिकप्टरमा सवार सबै सकुशल रहेको जानकारीमा आएको छ।
बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना
