प्रधानमन्त्रीको समय बचत हुने भन्दै बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण


प्रधानमन्त्रीको समय बचत हुने भन्दै  बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गराएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विहीबार नागरिक उड्डयन प्राधिकरणकाे मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएकाे जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यू नेपाली सेनाकाे हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजाे २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलाे उडान गरिएकाे थियाे,’ थापाले भने, ‘साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएकाे थियाे ।’

उनले बालुवाटारमा हेलिप्याड बनाउँदा प्रधानमन्त्रीको समय बचत हुने स्पष्ट पारे । ‘यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।’

प्रधानमन्त्री ओली नेपाल–चीन सीमा किमाथांका क्षेत्रको भ्रमण गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासाभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका क्षेत्रको भ्रमण गर्ने भएका छन्। सो क्रममा प्रधानमन्त्री ओलीले किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गर्ने भएका छन्। त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...