http://bit.ly/bajajdurbartimes

नेपालकाे ब्राेकर कमिसन दक्षिण एशियाकै दाेश्राे महंगाे


नेपालकाे ब्राेकर कमिसन दक्षिण एशियाकै दाेश्राे महंगाे

केहिदिन यता शेयर बजारमा उच्च काराेबार भैरहेकाे छ । उच्च काराेबार हुँदा लगानीकर्ताले मात्र हैन नेप्से , ब्राेकर र धिताेपत्र बाेर्डले पनि राम्राे आम्दानी हात पारिरहेका छन् । दैनिक ६,७ अर्बकाे काराेबार भैरहँदा सबैभन्दा बढी फाइदा भने ब्राेकर अफिसहरूलाइ भैरहेकाे देखिन्छ ।

दक्षिण एशियाकै दाेश्राे महङ्गाे ब्राेकर कमिसन घटाउने प्रतिवेदन तयार भएपनि धिताेपत्र बाेर्डले अहिले सम्म रिपाेर्टकाे सुझाव कार्यान्वयनमा ल्याउन भने तत्परता देखाएकाे छैन ।

अहिले नेप्सेले अनलाइन ट्रेडिङ् पद्दती लागु भएपनि अनलाइन ट्रेडिङमा बेला बेला समस्या आइरहने तथा रियल टाइम एनालाइसिस नहुनाले लगानीकर्ताहरू हैरान भैरहेकाछन् भने ब्राेकरहरूले लिने महङ्गाे कमिसनले अझ मारमा परिरहेकाे लगानीकर्ताहरू बताउँछन् ।

नेपालमा ब्राेकर कम्पनीले शेयर किन्ने र बेच्नेबाट ०.४० देखि ०.६ प्रतिशत सम्म कमिसन लिने गर्दछन् । धिताेपत्र बाेर्डले लगानीकर्ताबाट ०.०१५ प्रतिशत प्रत्यक्ष र ब्राेकेज फिबाट ०.६ प्रतिशत कमिसन लिने गर्दछ ।

नेपाल धिताेपत्र बाेर्डकाे अध्ययनअनुसार नेपालकाे ब्राेकर कमिसन दक्षिण एशियाकै दाेश्राे महङ्गाे प्रमाणित भएकाे छ ।

ब्राेकर कमिसन समायाेजन गर्न धिताेपत्र बाेर्डले गतवर्षकाे भदाै २६ गते पुनर्मूल्यांकन समिति गठन गरेकाे थियाे । उक्त समितिले एक वर्ष लगाएर याे वर्षकाे भदाै १२ गते आफ्नाे प्रतिवेदन धिताेपत्र बाेर्डलाइ बुझाएकाे छ । तर बाेर्ड नेतृत्वले सुझाव कार्यान्वयनमा आनाकानी गरिरहेकाे छ । बाेर्डले याे बारेमा कुरा भरहेकाे र छिटै नै एउटा निर्णयमा बाेर्ड पुग्ने बताइरहेकाे छ ।

नेपालकाे भन्दा ठूलाे शेयर बजार भएकाे भारतमा ब्राेकर कमिसन ० प्रतिशतदेखि ०.५ प्रतिशतसम्म छ । भारतमा ब्राेकरले ब्राेकर कमिसन नै लिन्नँ भन्न पनि पाइन्छ । तर नेपालमा भने ०.४० प्रतिशतभन्दा कम कमिसन लिन्नँ भन्दा पनि पाइँदैन ।

त्यस्तै ,चीनमा औसत ब्राेकर कमिसन ०.०३१ प्रतिशत छ ।

नेपालमा अहिले लगानीकर्ताहरूले ब्राेकरलाइ नेप्सेलाइ र धिताेपत्र बाेर्डलाइ छुट्टाछुट्टै कमिसन बुझाइरहेका छन् । नेप्से र धिताेपत्र बाेर्डले त लगानीकर्ता र ब्राेकरसँग गरि दाेहाेराे कमिसन लिरहेका छन् ।

अहिले ब्राेकर अफिसहरूबाट लगानीकर्ताहरू सन्तुष्ट हुन सकिरहेका छैनन् । काममा ढिलासुस्ति र ट्रान्जेक्सनमा अलमल गरी सेवा प्रवाह गर्ने तर कमिसन भने ढाड साेझिनेगरि लिने गरेकाे भन्दै लगानीकर्ताहरू ब्राेकर कम्पनिहरूकाे विरूद्दमा देखिने गरेका छन् ।

1

पिएम कपको चौथो संस्करणको छैटौं दिन आज दुई खेल हुँदै

2

आजको राशिफल

3

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

4

लियोनल मेसीलाई दुई खेल प्रतिबन्द

5

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

6

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


Share Tweet Send