काठमाडौं | वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
सनातन संस्कृति समाज नेपालले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग गर्दै र्याली गरेका थिए । पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।
र्यालीमा सहभागीहरुले ‘संसारका ॐकार परिवार एक होऔँ’ भन्दै प्रदर्शन गरेका हुन्। उनीहरु ॐ लेखिएको झण्डा बोकेर बाजागाजासहित र्यालीमा सहभागी भएका थिए।
यो पनि पढ्नुहोस्: