बल्खु हिट एण्ड रन केशमा प्रहरीद्वारा ट्रक चालक पक्राउ


बल्खु हिट एण्ड रन केशमा प्रहरीद्वारा ट्रक चालक पक्राउ

काठमाडाैँ।  बल्खु पुलमुनि भएकाे हिट एण्ड रन केशमा प्रहरीले ठक्कर दिएर भाग्ने ट्रकका चालकलाई पक्राउ गरेकाे छ । गत मंगलबार राति पुलमुनि ठक्कर दिएर भागेकाे ट्रकका चालकले स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ ।

मंगलबार बिहान बल्खु पुलमुनि एक बेबारिसे लास भेटिएकाे खबर आएपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे । सिसि क्यामेरा नभएकाे ठाउँमा घटना भएकाले प्रहरीलाई केही जटिल भएपनि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेरै छाड्याे ।

प्रहरीले लु २ ख २८६ नम्बरको ट्रक र चालक शेरबहादुर बिकलाई पक्राउ गरि साेधपुछ गर्दा उनले घटना स्वीकारेका हुन् । उनले मादक पदार्थ सेवन गरि ट्रक चलाएकाे हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान थालेकाे छ ।

घटनामा मृत्यु हुने व्यक्ति भने नुवाकाेट  घर भएका २० वर्षीय टोपबहादुर तामाङ भएको  खुलेको छ । उनको राति २ देखि ३ बजेको समयमा मृत्यु भएको हुनसक्ने आशंका प्रहरी अधिकारीले गरेका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...