durbar-times

शेयर मार्केटमा लगानी गर्न चाहनुहुन्छ ? यसरी गर्नुहाेस सुरूवात


शेयर मार्केटमा लगानी गर्न चाहनुहुन्छ ? यसरी गर्नुहाेस सुरूवात

नेपालमा पछिल्लाे समय शेयर मार्केटमा आकर्षित लगानीकर्ताहरूकाे संख्या बृद्धि भइरहेकाे छ । थाेरै लगानीबाट राम्राे प्रतिफल प्राप्त हुन थालेपछि लगानीकर्ताहरू आकर्षित हुन स्वभाविक हाे ।

अधिकांश व्यक्तिहरू शेयर मार्केटमा प्रवेश गरेपनि अझै कतिपय मानिसहरू यसकाे विषयवस्तु थाहा नभएर अरूकाे कुरा सुनेर मात्र बसिरहेका छन् ।

शेयर मार्केटकाे कुरा थाहा भएकाे तर प्रकृया थाहा नभएर लगानी गर्न नपाएकाहरूका लागि याे लेखमार्फत केही जानकारी प्रदान गर्नेछाैँ । आउनुहाेस लेखलाई सुरु गराैँ

शेयर मार्केटकाे दुईवटा बजारमध्ये प्राथमिक बजारमा लगानीकर्ताहरुकाे आकर्षण बढ्दाे छ । आज हामी पनि यही प्राथमिक बजारकाे बारेमा जानकारी दिनेछाैँ ।

के हाे त प्राथमिक बजार अर्थात आइपिओ ?

  • सर्वसाधारण जनतासँग लगानी उठाएर कम्पनी चलाउनका लागि गरिने आह्वानपत्र नै साधारण अर्थमा शेयर मार्केटकाे प्राथमिक बजार हाे । यहाँ सर्वसाधारण जनताले विभिन्न बैंकमार्फत लगानी गर्छन् र दाेश्राे बजारमा आफ्नाे लगानीकाे शेयर बेच्ने गर्छन् ।

कसरी लगानी गर्न सकिन्छ प्राथमिक बजार (आइपिओ) मा ?

  • यसका लागि सर्वप्रथम तपाइँसँग बैंक अकाउन्ट हुनुपर्छ । यदि तपाइँकाे नागरिकता छैनभने तपाइँकाे अभिभावककाे संरक्षकत्वमा बैंक अकाउन्ट खाेल्न सक्नुहुन्छ ।
  • बैंक अकाउन्ट खाेलिसकेपछि अब शेयरका लागि डिम्याट अकाउन्ट खाेल्नुपर्छ । जुन सम्बन्धित बैंकबाटै अथवा बैंककाे क्यापिटलमा गएर खाेल्न सकिन्छ । डिम्याट अकाउन्टसँगै अनलाइनबाट शेयर भर्न सजिलाे हाेस भन्नका लागि मेराे शेयर अकाउन्ट पनि खाेल्नुपर्छ । जसले गर्दा शेयर भर्ने बेलामा बैंकमा लाइन बस्न पर्दैन ।
  • मेराे शेयरकाे अकाउन्ट खाेलिसकेपछि त्यसकाे ७२ घण्टाभित्रमा तपाइँकाे इमेलमा आएकाे इमेललाइ खाेली पासवर्ड रिसेट गर्नुपर्छ र नयाँ पासवर्ड राख्नुपर्छ । त्यसपछि बैंकमा सम्पर्क गरि मेराे शेयरका लागि सिआरएन नम्बर रजिस्टर गर्न लगाउनुपर्छ र उक्त नम्बर आफूले पनि लिएर आउनुपर्छ।
  • त्यसपश्चात प्राथमिक शेयर आइपिओ खुलेकाे सूचना प्राप्त भएपछि मेराे शेयरमार्फत आइपिओ भर्न सकिन्छ ।

कसरी भर्ने आइपिओ ?

  • सर्वप्रथम मेराे शेयर लग इन गर्नुपर्ने हुन्छ । हाल मेराे शेयरकाे माेबाइल एप्लिकेशन पनि लञ्च भैसकेकाे छ । जसमार्फत लग इन गरिसकेपछि तीनवटा धर्का भएकाे ठाउँमा क्लिक गरी माइ आस्बामा क्लिक गर्ने ।
  • त्यसपछि एप्लाइ फर इस्युमा क्लिक गर्ने
  • त्यहाँ आइपिओ काे लेखेकाे कम्पनीकाे नाममा क्लिक गर्ने र त्यहाँ भनेअनुसार सबै विवरण भर्ने ।
  • अन्त्यमा सिआरएन नम्बर डायल गरी एप्लाइ गर्ने । एप्लिकेशन एप्लाइ सक्सेसफुल भनेपछि तपाइँकाे आइपिओ भरियाे भनेर बुझ्ने ।  
1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send