परिवारकाे मेराे शेयर अकाउन्ट कसरी लिन्क गर्ने? के के गर्न सकिन्छ लिन्क अकाउन्टबाट ?


परिवारकाे मेराे शेयर अकाउन्ट कसरी लिन्क गर्ने? के के गर्न सकिन्छ लिन्क अकाउन्टबाट ?

नेपालमा हाल शेयर बजारमा काराेबार गर्नेहरूकाे संख्या दिनानुदिन बढ्दाे छ । थाेरै लगानीमा राम्राे प्रतिफल आउने र लामाे समयसम्म बजारमा रहन पाउने भएकाले पनि लगानीकर्ताहरूकाे आकर्षण शेयर बजारमा देखिन थालेकाे हाे ।

अहिले प्राइमरी शेयरमा आवेदन दिने ग्राहकहरूकाे संख्या उल्लेख्य मात्रामा बढेकाे छ । हालैमात्र जनरल इन्सुरेन्स कम्पनीकाे आइपिओमा अहिलेसम्मकै सबैभन्दा बढी ८ लाखभन्दा बढी जनाकाे आवेदन परेकाे छ । यसबाट पनि प्रष्ट हुन्छ कि शेयर बजारमा लगानीकर्ताहरूकाे भीड एकदमै बढेकाे छ ।

नेपालमा अनलाइन मार्फत शेयर काराेबार गर्नेहरूकाे संख्या पनि बढ्दाे छ । हालसम्मा करिब १६ लाखभन्दा बढी डिम्याट अकाउन्ट खुलिसकेकाे छ । डिम्याट अकाउन्ट खाेलेपछि ग्राहकहरू हाल अनलाइनमार्फत नै आइपिओमा आवेदन दिन  थालेका छन् ।

अनलाइनमा मेराेशेयरमार्फत आवेदन दिन सकिने भएपछि लगानीकर्ताहरूले आफ्नाे परिवारकाे पनि मेराे शेयर अकाउन्ट खाेलेर परिवारका सबैजनाकाे अकाउन्टबाट शेयर आवेदन दिन थालेकाे पाइन्छ ।

परिवारमा रहेकाे सदस्यहरूकाे मेराेशेयर अकाउन्ट धेरै हुने र सम्झिन पनि अप्ठ्याराे हुने भएकाले ग्राहकहरूले मेराे शेयरमा अकाउन्ट लिन्क कसरी गर्न सकिन्छ भनेर जिज्ञासाहरू राख्ने गर्दछन् । तीनै जिज्ञासाहरूलाइ समेट्ने गरि हामीले याे लेखमा परिवारका सदस्यहरूकाे मेराे शेयर अकाउन्ट कसरी लिन्कगरि एउटै मेराे शेयरबाट हेर्न सकिन्छ भनेर बुझाउने प्रयास गर्ने छाैँ ।

यो पनि : परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?

परिवारका सदस्यहरूकाे मेराे शेयर अकाउन्ट लिन्क गर्नका लागि आवश्यक शर्तहरू यसप्रकार छन्

  • ज-जसकाे अकाउन्ट लिन्क गर्ने हाे उनीहरू दुवैजनाकाे डिम्याट खाता एउटै क्यापिटलबाट खाेलिएकाे हुनुपर्छ ।
  • क्यापिटलमा गएर एउता मेराेशेयर लिन्क गर्ने फारम भरेर बुझाउनुपर्दछ ।

यति गरेपछि मेराे शेयरकाे अकाउन्ट लिन्क हुन्छ ।

अब लागाैँ मेराे शेयरकाे अकाउन्ट लिन्क गरेपछि के के गर्न पाइन्छ , के के पाइँदैन ।

मेराे शेयरमा परिवारका सदस्यकाे अकाउन्ट लिन्क गरिसकेपछि गर्न सकिने कुराहरू

मेराे शेयरकाे नेभिगेसन मेन्युमा भएका

  • माइ डिटेल
  • माइ शेयर
  • माइ ट्रान्जेक्सन हिस्ट्री
  • माइ पाेर्टफाेलियाे

लिन्क गरिएका प्रत्येक अकाउन्टका माथि उल्लिखित अप्सनहरू प्रयाेग गर्न सकिन्छ ।

यो पनि: ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका

अकाउन्ट लिन्क भएपछि गर्न नपाइने कुराहरू

मेराे शेयरकाे नेभिगेसन मेन्युमा भएका

  • माइ पेज शेयर डिटेल
  • माइ बैंक रिक्वेस्ट
  • माइ आस्वा
  • माइ इडिआइएस

यसरी लिन्क गरेपछि आफ्नाेबाहेक अरूकाे अकाउन्टकाे सामान्य डिटेल्स र पाेर्टफाेलियाे हेर्न सकिन्छ भने शेयर किन्न , शेयर ट्रान्सफर गर्न तथा बैंक रिक्वेस्टका लागि चाँहि प्रत्येक अकाउन्टलाइ छुट्टाछुट्टै login गर्नुपर्ने हुन्छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...