durbar-times

घरमै बसी बसी आइपिओ बेच्ने तरिका


घरमै बसी बसी आइपिओ बेच्ने तरिका

नेपालमा पछिल्लाे समय शेयर मार्केटमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गएकाे छ । शेयर मार्केटकाे पुँजी र नयाँ कम्पनीहरूकाे आगमनसँगै बजार पनि ठूलाे बन्दै गएकाे छ।

लगानी डुब्ने जाेखिम कम हुने तथा लगानी नै सानाे हुने भएकाले शेयर बजारकाे दाेश्राे बजारभन्दा प्राथमिक बजार बढी आकर्षित हुँदै गएकाे छ । पछिल्लाे समय आइपिओ खुलेकाे महिला लघुवित्तमा करिब १५ लाखभन्दा बढीले आवेदन दिएकाे रेकर्डबाट पनि नेपालमा प्राथमिक बजारमा लगानीकर्ताहरूकाे चाप देख्न सकिन्छ ।

TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?
हाल अनलाइनबाट नै शेयर खरिद बिक्री गर्न मिल्ने भएपछि शेयर बजारमा लगानीकर्ताहरूकाे भीड बढ्न थालेकाे छ । घरबाट नै शेयर किन्न तथा बेच्न मिल्ने भएपछि गृहिणी तथा विद्यार्थीहरूकाे पनि यसमा आकर्षण बढ्दाे छ । विदेशबाट समेत शेयर बजारमा काराेबार गरिरहेका लगानीकर्ताहरू देखिन थालेका छन् । यही सन्दर्भमा कतिपय लगा…

धेरै लगानीकर्ताहरू लगानीकाे प्रतिफल कसरी प्राप्त गर्ने अर्थात आइपिओ कसरी बेच्ने भन्ने कुराकाे जानकारी नभएकाले यसकाे समाधान खाेजिरहनु भएकाे छ । हामीले याे लेखमार्फत नेपालमा आइपिओ कसरी दाेश्राे बजारमा बेच्न सकिन्छ भनेर जानकारी दिने प्रयास गरेका छाैँ । आउनुहाेस लेख सुरू गराैँ

प्राथमिक बजारमा तपाइँलाइ परेकाे आइपिओ बेच्न दाेश्राे बजारमा जानुपर्ने हुन्छ । जहाँ प्रवेश गर्नका लागि ब्राेकर अकाउन्टकाे जरूरत पर्दछ । हाल ब्राेकर अकाउन्ट अनलाइन र अफलाइन दुवै माध्यमबाट लिन सकिन्छ । याे लेखमार्फत तपाइँहरूलाइ ब्राेकर अकाउन्ट अनलाइनबाट कसरी लिन सकिन्छ भन्ने विषयमा जानकारी दिने छाैँ ।

नेपालमा हाल ५९ वटा सूचीकृत ब्राेकर अफिस रहेका छन् । Nepsetms.com मा गएर तपाइँले ब्राेकर अफिसहरूकाे लिस्ट हेर्न सक्नुहुन्छ । कुन ब्राेकर अफिस कति नम्बरकाे हाे भन्ने जानकारी पनि लिन सक्नुहुन्छ । जसमध्ये तपाइँलाइ जुन ब्राेकर अफिसमा अकाउन्ट खाेल्न पर्ने हाे उक्त ब्राेकर अफिसकाे वेभसाइट ( जुन नेपाल धिताेपत्र बाेर्डले उपलब्ध गराएकाे हुन्छ । ) मा गएर रजिस्टर गर्नुपर्ने हुन्छ । उदाहरणका लागि यदि तपाइँलाइ ५० नम्बर ब्राेकर अफिसमा अकाउन्ट खाेल्नुपर्नेछ भने नेपाल धिताेपत्र बाेर्डले ५० नम्बर ब्राेकरलाइ उपलब्ध गराएकाे वेवसाइट tms50.nepsetms.com.np मा गएर न्यु रजिस्टर बटनमा क्लिक गर्नुपर्छ ।

सबैभन्दा ध्यान दिनपर्ने कुरा केछ भने तपाइँले क्लिक गरेकाे ब्राेकर अफिसकाे टिएमएस सिस्टम वेभसाइटमा रजिस्टर बटनमा क्लिक गरेपछि आउने डिस्प्लेमा डकुमेन्ट बटनमा क्लिक गर्दा त्याे डिस्प्ले खुलेन भने उक्त ब्राेकरले अनलाइन रजिस्ट्रेसन गर्दैन । आफैँ उपस्थित भएर मात्र टिएमएस अकाउन्ट खाेल्नुपर्ने हुन्छ ।

अन्य अनलाइन रजिस्ट्रेसन लिने ब्राेकर अफिसहरूमा अकाउन्ट खाेल्ने तरिका

  • रजिस्ट्रेसन बटनमा क्लिक गरिसकेपछि आउने डिस्प्लेमा सबैभन्दा पहिले जनरल इन्फरमेसन भर्नुपर्छ ।
  • जनरल इन्फरमेसन हालिसकेपछि नेक्स्ट बटनमा क्लिक गरेर त्यहाँ तपाइँकाे कन्ट्याक्ट डिटेल भर्नुपर्छ ।
  • त्यसपश्चात अर्काे डिस्प्लेमा गएर बैंककाे जानकारी उपलब्ध गराउनुपर्छ । डिम्याट नम्बर आदि इत्यादी  ।
  • त्यसपछि अन्त्यमा डकुमेन्ट अपलाेड गरेर सम्बिट गर्नुपर्छ  । डकुमेन्ट अपलाेड गर्दा कतिपय ब्राेकर अफिसहरूकाे नागरिकता सहितकाे सेल्फि अपलाेड गर्नुपर्ने नियम बनाएका छन् । उक्त नियमहरूकाे पालना गरी सबै डकुमेन्ट सही फर्म्याटमा अपलाेड गर्नुपर्छ ।
  • सम्बिट गरीसकेपछि ब्राेकर अफिसमा फाेन गरेर अथवा आफैँ उपस्थित भएर जानकारी गराउनुपर्दछ । त्यसपछि कुनै ब्राेकरकाे केवाइसी फारम अनलाइनबाट नै भर्न मिल्छ भने कुनैकाे ब्राेकर अफिसमा नै गएर भर्नुपर्ने हुन्छ । उक्त केवाइसी लगायत अन्य केही फारम भरेपश्चात तपाइँकाे इमेलमा युजरनेम र पास्वर्ड आउँछ जसबाट तपाइँले टिएमएस सिस्टममा लगइन गरी दाेश्राे बजारमा प्रवेश गर्न सक्नुहुन्छ ।

अब तपाइँसँग दाेश्राे बजारमा प्रवेश गर्न युजर नेम र पासवर्ड उपलब्ध भइसकेपछि आइपिओ बेच्नका लागि टिएमएस सिस्टमकाे बाइ एण्ड सेल बटनमा क्लिक गर्नुपर्छ र आफ्नाे तार्गेट अनुसार बजार मूल्यकाे आसपास मूल्य निर्धारण गरी सम्बिट गर्नुपर्छ ।

तपाइँले बेच्न राखेकाे मूल्य र अर्काे कुनै व्यक्तिले किन्न राखेकाे मूल्य मिलेमा तपाइकाे शेयर बिक्री हुन्छ । जसकाे जानकारी एसएमएसमार्फत ब्राेकर अफिसले जानकारी गराउँछ ।

त्यसपछि तपाइँले मेराे शेयर लगिन गरेर शेयर इडिआइएस गर्नुपर्छ । इडिआइएस गरेकाे तेश्राे दिनसम्ममा तपाइँकाे खातामा शेयर बेचेकाे पैसा आइपुग्छ । अन्यथा ब्राेकर अफिसमा फाेन गरेर पैसा हाल्दिन लगाउनुपर्छ ।

यसरी तपाइँले आइपिओ बेच्न सक्नुहुन्छ ।

1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send