durbar-times

TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?


TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?

हाल अनलाइनबाट नै शेयर खरिद बिक्री गर्न मिल्ने भएपछि शेयर बजारमा लगानीकर्ताहरूकाे भीड बढ्न थालेकाे छ । घरबाट नै शेयर किन्न तथा बेच्न मिल्ने भएपछि गृहिणी तथा विद्यार्थीहरूकाे पनि यसमा आकर्षण बढ्दाे छ । विदेशबाट समेत शेयर बजारमा काराेबार गरिरहेका लगानीकर्ताहरू देखिन थालेका छन् । यही सन्दर्भमा कतिपय लगानीकर्ताहरूलाइ अनलाइनबाट शेयर काराेबार गर्न असहज महसुस पनि भैरहेकाे छ । मार्केटकाे ग्राफ तथा कम्पनीकाे चार्ट लगायतका सुविधा उपयाेग गर्न नआकाले पनि उनीहरू काराेबार गर्न असहज महसुस गरिरहेका छन् । याे लेखमार्फत उक्त समस्या समाधान गर्ने प्रयास हामीले गरेकाे छाैँ ।

TMS के हाे ? कसरी खाेल्ने ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन काराेबार गर्न सहज हुने उद्देश्यले कार्यान्यवनमा ल्याएकाे Trade Management System अर्थात टिएमएस एक ट्रेडिङ सिस्टम हाे ।  जसमार्फत तपाइँले शेयर काराेबार गर्न सक्नुहुन्छ । यसमा आबद्ध भएका ब्राेकर अफिसहरूकाे आफ्नै वेवसाइट छ । जसमा तपाइँले अकाउन्ट खाेलेर लगइन गर्न सक्नुहुन्छ ।

TMS कसरी चलाउने ?
तपाइँले TMS कुन प्रयाेजनका लागि चलाउने हाे त्यसका आधारमा गाइडलाइन बनाउन सजिलाे हुन्छ । हामी यहाँ TMS बाट शेयर बेच्न र किन्न तथा मार्केटकाे ग्राफ हेर्न सिकाउने छाैँ ।

सर्वप्रथम तपाइँले खाता खाेल्नुभएकाे ब्राेकरकाे TMS वेवसाइटमा गएर लगइन गर्नुपर्ने हुन्छ । त्यहाँ तपाइँले युजरनेम , पासवर्ड र क्याप्चा भरिसकेपछि लगइन बटनमा क्लिक गरेर अघिल्लाे मेन्युमा प्रवेश गर्न सक्नुहुन्छ । जुन यस्ताे हुनेछ

माथीकाे चित्रमा देखिएकाे मेन्युकाे बायाँपटि तपाइँलाइ आवश्यक पर्ने मेन्युहरू दिइएकाे छ । यदि तपाइँ शेयर किनबेच गर्न चाहनुहुन्छ भने तपाइँले अर्डर म्यानेजमेन्टमा क्लिक गर्नुपर्ने हुन्छ । जसमा तल दिइएकाे जस्ताे मेन्यु खुल्ने छ

यसमा तपाइँले बाइ/सेलमा क्लिक गर्नुपर्ने हुन्छ । जसमा यस्ताे मेन्यु देखा पर्नेछ

तपाइँले किन्ने भए मेन्युकाे दायाँ भागकाे माथीपट्टी रहेका सेल एण्ड बाइ अप्सनकाे बाइ अप्सनमा क्लिक गर्ने , बेच्ने भए सेल अप्सनमा क्लिक गर्ने । त्यसपछि तल कम्पनीकाे नाम (काेड भएपनि हुन्छ ) , कति कित्त किनबेच गर्ने ?  , कति पैसामा काराेबार गर्ने भन्ने ठाउँमा सबै भरिसकेपछि सम्बिट गर्नुपर्ने हुन्छ र उक्त काराेबार मेल नखाएसम्म पर्खिनुपर्ने (सम्बिट गरेर बाहिर गएपनि हुन्छ ) हुन्छ।

मार्केट ग्राफ कसरी हेर्ने ?
लग इन गरेपछि देखिने मेन्युमा देखिएकाे अप्सनकाे ग्राफ अप्सनमा क्लिक गरेपछि खुल्ने मेन्युमा ग्राफ अप्सनमा नै क्लिक गरेपछि अर्काे मेन्यु खुल्छ । जसमा कम्पनी र ग्राफकाे प्रकार सेलेक्ट गरेर ग्राफ हेर्न सकिन्छ ।

थप सामाग्री पढ्नुहाेस

१० कित्ते नीति पुनरावलाेकनमा लगानीकर्ताहरू असन्तुष्ट
नेपाल धिताेपत्र बाेर्डले आइपिओमा १० कित्ते नीतिलाई पुनरावलाेकन गर्न छलफल अघि बढाउने कुरा बाहिरिएसँगै आम लगानीकर्ताले भने यसमा असन्तुष्टि व्यक्त गरेका छन् । धितोपत्र बोर्डले विद्यार्थी, गृहिणी तथा स–साना पुँजी भएका वर्गको पुँजी बजारमा पहुँच बढाउने उद्देश्यले २०७५ चैत २७ गतेदेखि यो व्यवस्था लागू गर…
ब्याजदर र शेयर बजारकाे सम्बन्ध यसरी जान्नुहाेस
नेपाल राष्ट्र बैंकले केही समयअघि सबै बैंकहरूकाे ब्याजदर घटाएपछि शेयर बजार उत्साह छाएकाे थियाे । तर , प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा निराशा छाएकाे थियाे । जुन लामाे समय भने टिकेन । त्यस्तै केही समयअघि विभिन्न बैंकहरूले कम ब्याजदरमा शेयर धिताे राखेर लाेन दिने भएपछि पनि शेयर बज…
क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?
चालु आर्थिक वर्षको ७ महिनामा ‘क्लोज आउट’ मा परेर लगानीकर्ताले करिब ११ करोड रुपैयाँ जरिवाना तिरेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार फागुन पहिलो सातासम्म लगानीकर्ताले ‘क्लोज आउट’ कारबाहीमा परेर १० करोड ८९ लाख ८६ हजार ४७७ रुपैयाँ जरिवाना तिरेका छन् । साउनयता लगानीकर…

अन्तत: आइपिओ रिजल्ट हेर्न सिडिएससीको नयाँ सुविधा
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर ९आइपिओ० को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np [https://iporesult.cdsc.com.np] नामक वेभसाइट बाट अब सजिलै आइपिओको नजिता हेर्न सकिने भएको हो । यसअघि आर्थिक सञ्चार माध्यमहरूले…
1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send