बहुमुखी प्रतिभाका धनी हरिवंश आचार्यको 'एउटा कुरा छ' बोलको व्यङ्ग्यात्मक नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत हरिवंशकै छ।
हरिवंशले नेपालमा व्याप्त राजनीतिक भ्रष्टाचारलाई गीतको विषय बनाएका छन्। गीतको विषय राजनीतिक भए पनि प्रस्तुति रमाइलो छ। सामान बोक्ने रिक्शा गुडाउँदै धनी बनेको सपना देख्ने गरिब पात्रको कथा भनिएको गीतमा उनी आफैंले मुख्य भूमिका निर्वाह गरेका छन्।
सत्यदीप केसीको सिनेमेटोग्राफी रहेको भिडिओ निर्देशन सागर राज शर्माले गरेका हुन्। गीतको संगीत संयोजन र मिक्सिङ किरण तुलाधरले गरकेा छन्। गीतको भिडिओ महसंचारबाट युट्युबमा सार्वजिनक भएको हो।