durbar-times

हट्ला त १० कित्ते नियम ? के भन्छ बाेर्ड ?


हट्ला त १० कित्ते नियम ? के भन्छ बाेर्ड ?

नेपालमा पछिल्लाे समय आइपिओमा आवेदन दिने लगानीकर्ताहरुकाे संख्याले लगातार रेकर्ड राख्न थालेपछि यसकाे बाँडफाँड प्रवृत्तिमा नै फेरबदल गर्ने कुराहरू बेलाबेला उठ्ने गरकाे  छ । हाल प्रत्येक आवेदकलाई १० कित्ता न्यूनतम आइपिओ बाँडफाँड गर्नुपर्ने हुन्छ ।जसकाे कारण लगानीकर्ताहरूमा शेयरधनीकाे अनुभूति हुन सकेकाे देखिँदैन । जसकाे फलस्वरूप एकजना व्यक्तिले धेरैजनाकाे नागरिकता लिएर डिम्याट अकाउन्ट खाेल्ने र शेयर भर्ने गरेकाे पाइएकाे छ ।

लगानीकर्तामा हुने यस्ताे मनाेभावनालाई हटाउन र विकृतिलाई राेक्न १० कित्ता आवेदनकाे नीति नै परिवर्तन गर्न खाेजिएकाे नेपाल धिताेपत्र बाेर्डले बेलाबेला छलफलकाे कुरा बाहिर ल्याउने गरेकाे छ।

पछिल्लाे समय सर्वाेत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपिओ जारी गर्न लागेकाे छ । जसमा न्यूनतम ५० कित्ता आवेदन दिन पाइनेछ । जसलाइ पर्छ त्यसलाइ ५० कित्ता पर्छ नपर्नेलाइ पर्दैन भन्ने तरिकाले याे आइपिओ बाँडफाँड गरिनेछ । यसपछि भने सामान्य आइपिओलाइ पनि ५० कित्ते प्रवृत्तितर्फ लैजाने कि नलैजाने भन्ने निष्कर्षमा पुग्न सहज हुने धिताेपत्र बाेर्ड जनाएकाे छ।

केही अघि नै याे नीति ल्याउन खाेजिएकाे भएपनि पूर्व अर्थमन्त्री युवराज खतिवडाले राेकेका थिए । १० कित्ता सबैलाइ पर्ने नीतिले धेरै लगानीकर्ता भित्रिएकाले याे नीति नल्याउन उनले सुझाव दिने गरेका थिए । तर हाल याे नीति पुनरावलाेकन गर्नुपर्ने माग धेरैतिरबाट उठ्न थालेपछि भने धिताेपत्र बाेर्डले पनि याे बारेमा साेच्न बाध्य भएकाे बुझिएकाे छ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send