durbar-times

सन्दीप आबद्द होबार्ट प्ले अफ पुग्न असफल,पुछारको टोलीसँग पराजित


सन्दीप आबद्द होबार्ट प्ले अफ पुग्न असफल,पुछारको टोलीसँग पराजित

एजेन्सी | नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा पराजित भएको छ ।

मेलबर्नमा मंगलबार भएको खेलमा होबार्ट मेलबर्न रेनेगेड्ससँग १२ रनले पराजित भएको हो । यस हारसंगै होबार्ट बीबीएलको फाइनलमा पुग्न असफल भएको छ । लिगको शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

रेनेगेड्सले दिएको १ सय ५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबार्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि डाविड मालनले सर्वाधिक ३४ रन जोडे । यस्तै डी आर्ची शर्टले २९ रन जोड्दा पिटर हान्ड्सकम्पले १९ रन जोडे । सन्दीप १ रनमा अविजित रहे ।

रेनेगेड्सका ज्याक इभान्स एक्लैले ५ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

रेनेगेड्सका लागि बेउ वेब्स्टरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै वाल्टर हार्भेले ४० रन जोडे । साम हार्पेरले १९ रन जोड्दा साउन मार्श र इमाद वासिमले १२/१२ रन जोडे ।

होबार्टका रिले मेरेडिथले ३ विकेट लिए ।

रेनेगेड्सविरुद्ध सन्दीप विकेट विहिन बने । उनले ४ ओभरमा ३५ रन खर्चेर विकेट लिन सकेनन् ।

सन्दीपले यस सिजन ८ विकेट लिईसकेका छन् ।

जितसंगै रेनेगेड्सले १४ खेलमा १६ अंक जोडेको छ । रेनेगेड्स पुछारमा रहेको छ ।

होबार्टविरुद्ध रेनेगेड्स चौंथो जितको खोजीमा हुनेछ ।

होबार्ट १४ खेलमा २८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send