शर्मिला विश्वकर्मा, काठमाण्डौं ।ह्वीलिचयर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरु विच आज काठमाण्डौं जिल्लाको गोकर्णेश्वर नगरपालिकास्थित जया देवकोटा मल्टिपल कलेजमा ह्वीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।
स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना तथा गोकर्णेश्वर नगरपिलको आर्थिक सहयोगमा गरिएको सो प्रतियोगताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले खेलाडीहरुलाई बल हस्तान्त्रण गरेर गरेका थिए ।
सो प्रतियोगिताको उद्घाटका क्रममा आयोजक संस्था स्पाइनल कर्ड इन्जुरी खेलकुद संघकी महासचिव सोनिका ढकालले सबैलाई स्वागत गर्दै हवीलचियर बास्केट खेलले मेरुदण्ड अपाङ्गता भएका तथा ह्वीलचियर प्रयोगकर्ता वा अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई शारीरिक अभ्यास हुने बताइन । साथै उनले यस्ता खेलहरुले समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रति सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने कुरामा पनि जोड दिइकी थिइन ।
यसै गरी एम्पुटी एशोसिएशनका अध्यक्ष महेश्वर घिमिरेले राज्यले अपाङ्गता भएका खेलाडीहरुलाई राज्य स्तरका खेलकुदमा सहभागी गराउनु पर्ने कुरा बताए ।
त्यसै गरी जया मल्टिपल कलेजका प्रमुख भवानी प्रसाद पौडेलले मेरुदण्ड पक्षघा अपाङ्गता भएका तथा अन्य अपाङ्गता भएकमा व्यक्तिहरुको खेलकुदको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले यस नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि नगरपालिका मार्फत सहयोग हुदै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवधता व्यक्त गरे । सो प्रतियोगितमा हवीलिचयर प्रयोगकर्ता पूरुष अपाङ्गता भएका खेलाडीहरुको ७ वटा र महिला खेलाडीहरुको ५ वटा गरी १२ वटा समुहले भाग लिएका थिए ।
जसमा पूरुष तर्फ जाउलाखेल हुविलचियर खेलकुद संघले पहिलो स्थान, नेपाल आर्मि कल्बले दोस्रो स्थान र स्पाइनल कर्ड इन्जरी खेलकुद संघले तेस्रो स्थान प्राप्त गरेका थिए भने महिला तर्फ ह्वीलचियर बास्केटबल संघले पहिलो, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले देस्रो र ह्वीलचियर खेलकुद संघले तेस्रो स्थान प्राप्त गरेका थिए । खेलाडीहरुलाई नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र वितरण गरिएको थियो