http://bit.ly/bajajdurbartimes

इडिन्सन काभानी तीन खेलको प्रतिबन्धमा


इडिन्सन काभानी तीन खेलको प्रतिबन्धमा

म्यानचेस्टर युनाइटेडका उरुग्वेली स्ट्राइकर इडिन्सन काभानी तीन खेलको प्रतिबन्धमा परेका छन् । सामाजिक सन्जालमा रंगभेदी शब्दको प्रयोग गरेको आरोपमा छानबिनपछि एक लाख पाउन्ड जरिवानासहितको कारबाही सुनाइएको हो ।

३३ वर्षीय यी स्ट्राइकरले इंग्लिस फुटबल एशोसिएसनसँग आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । काभानीले २९ नोभेम्बरमा साउथह्याम्प्टनमाथिको जितका लागि गोल गरेपछि इन्स्टाग्रामममा केही टिप्पणी गरेका थिए, जुन स्पेनिस भाषामा थियो ।

उनको पोष्टको अनेक अर्थ लाग्न थालेपछि तत्कालै डिलेट गरी माफी पनि मागेका थिए । जरिवाना र प्रतिबन्धसँगै उनले ‘फेस–टू–फेस’ शैक्षिक कार्यक्रममा पनि सहभागी हुनुपर्नेछ ।

काभानीको प्रतिबन्ध तत्कालै लागू हुनेछ र प्रिमियर लिगमा नयाँ वर्षको दिनमा एस्टोन भिल्लासँग हुने खेल उनले गुमाउनेछन् । उनले ६ जनवरीमा हुने लिग कप सेमिफाइनलमा म्यानचेस्टर सिटी र ९ जनवरीमा एफए कपको तेस्रो चरणमा वाटफोर्डसँगको खेल गुमाउनेछन् ।

1

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

2

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

3

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

4

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

5

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

6

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन


Share Tweet Send