युनाइटेड इदी-मार्दी एन्‍ड आरबीको आईपीओ असोज ७ बाट


युनाइटेड इदी-मार्दी एन्‍ड आरबीको आईपीओ असोज ७ बाट

काठमाडौं । युनाइटेड इदी-मार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले असोज ७ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित कास्की जिल्लाका स्थानीय बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँबराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा छिटोमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आईएस)’ रेटिङ प्राप्त दिएको छ। यसले कम्पनीमा गरिएको लगानी मध्यम सुरक्षित रहेको संकेत गर्छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीले धितोपत्र बोर्डबाट स्थानीय र सर्वसाधरणलाई गरेर जारी पूँजीको २५ प्रतिशत अर्थात १० करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ ।

कम्पनीले २०७६ असोज २० गतेदेखि माथिल्लो मार्दी खोला जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीले चैत १० देखि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण त्यतिबोला आईपीओ स्थगित गरिएको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...