इदी मर्दी हाइड्रोपावरकाे आइपीओ आजबाट बिक्री खुला


इदी मर्दी हाइड्रोपावरकाे आइपीओ आजबाट बिक्री खुला

युनाइटेड इदी मर्दी हाइड्रोपावरले यसअघि स्थगित गरेको आइपीओ आज बुधबार असोज ७ गतेबाट फेरि बिक्री खुला भएको छ । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार लाख कित्ता सेयर बिक्री खुला गरेको हो । युनाइटेडले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे निष्कासन गरेको छ । त्यसपछि फेरि दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर जारी हुनेछ ।

युनाइटेड इदी मर्दीको आइपीओमा एनएमबि बैंक, गण्डकी विकास बैंक र कैलाश विकाश बैंकको पोखरास्थित हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको माछापुच्छ्रे् गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

हाल यसले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसअघि कम्पनीले गत चैत १० गतेबाट आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गर्न लागेको आइपीओ कोरोना महामारीका कारण देशभर लागू गरिएको निषेधाज्ञा र लकडाउनका कारण स्थगित भएको थियो ।

nepalipaisa


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...