durbar-times

राजपत्रको सूचनाबारे संवैधानिक इजलासमा विवाद


राजपत्रको सूचनाबारे संवैधानिक इजलासमा विवाद

काठमाडौं । प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो ।

नेकपा प्रचण्ड–माधव समूहका नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

यसबारे आइतबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रश्न उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोके । उनले निवेदन आएको भन्दै अहिले बहस नगरौं भन्दै रोकेका हुन् ।

गत पुस ५ मा गरिएको प्रतिनिधिसभा विघटनको सूचना एक महिनापछि मात्रै राजपत्रमा प्रकाशित गरिएको विषयलाई लिएर सर्वोच्च अदालतमा न्यायाधीश र वकिलहरूबीच विवाद भएको छ।

प्रतिनिधिसभा विघटनको एक महिनापछि मात्रै राजपत्रमा सूचना प्रकाशित गरेको विषयलाई वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सुनुवाइको सुरुमै कुरा उठाएपछि बेन्चले रुलिङ नै गर्नुपर्ने अवस्था आएको हो। प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतमा परेको निवेदनमाथि बहस हुनुपर्ने कुरा श्रेष्ठले उठाएका थिए।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send