durbar-times

सुन महङ्गिदा सस्तियो चाँदी


सुन महङ्गिदा सस्तियो चाँदी

आइतबार सुनको भाउ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

गत साता शुक्रबार ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको हो । सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने घटेको छ । शुक्रबार एक हजार ३५० रुपैयाँमा कारोबार हुने चाँदी आज आइतबार एक हजार ३४५ रुपैयाँमा कारोबार हुनेछ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send