Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

भारतलाई अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज


भारतलाई अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज

एजेन्सी | घरेलु टिम अष्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिज भारतले जितेको छ ।

ब्रिसबेनमा मंगलबार अन्तिम तथा निर्णायक टेस्टमा अष्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै भारतले सिरिज २-१ ले आफ्नो बनाएको हो ।

टेस्टको चौंथो दिन सोमबार अष्ट्रेलिया दोस्रो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएपछि भारतले जितका लागि ३ सय २८ रनको लक्ष्य पाएको थियो । उक्त चुनौतिपूर्ण लक्ष्य भारतले अन्तिम दिन ७ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि सुबमन गिलले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्त ८९ रनमा अविजित रहे ।

यस्तै चेतेश्वर पुजाराले ५६ रन जोड्दा कप्तान अजिन्का रहानेले २४ रन बनाए । वासिङ्गटन सुन्दर २२ रनमा आउट भए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।

दोस्रो इनिङ्समा अष्ट्रेलियाका स्टिभ स्मिथले ५५ रन बनाए । डेभिड वार्नरले ४८ रन जोड्दा मार्कुस हारिसले ३८ रन बनाए ।

भारतका मोहमद सिराजले ५ विकेट लिए । सार्दुल ठाकुरले ४ विकेट लिए । भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३६ रन बनाएको थियो ।

भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन बनाए । रोहित शर्माले ४४ रन जोड्दा मायांक अग्रवालले ३८ रन जोडे । कप्तान अजिंका रहाने ३७ रनमा आउट भए । अष्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए । पाट कुमिन्स र मिचेल स्टार्कले २/२ विकेट लिए ।

यस्तै अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्दा अलआउट भयो ।

अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १ सय ८ रन बनाएर आउट भए । कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७ रन बनाए ।

यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे ।

नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे । भारतका टी-नटराजन र सार्दुल ठाकुरले ३/३ विकेट लिए ।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send