http://bit.ly/bajajdurbartimes

भारतीय विदेश सचिव श्रृंगला नेपाल आइपुगे


भारतीय विदेश सचिव श्रृंगला नेपाल आइपुगे

काठमाडौँ । भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गला नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

औपचारिक भ्रमणमा नेपाल आएका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउने छन् । काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामै बस्छन् ।

श्रृंगलाले आजै गर्ने उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।

श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

नेपाल–भारत सिमाना खोल्नुपर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरु धर्नामा

भारतीय सेनाध्यक्ष नरवाणे नेपाल आउनुअघि नेपाली सेनाले सार्वजनिक गर्‍यो यस्तो भिडियो

पद सम्हालेको केही घण्टामै नितिश कुमारका शिक्षामन्त्रीले दिए राजीनामा

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send