Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

भारतले खाने तेलदेखि पेट्रोल,डिजेल सम्मको कर बढायो


भारतले खाने तेलदेखि पेट्रोल,डिजेल सम्मको कर बढायो

एजेन्सी | भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२१/०२२ को बजेट पेश गरेकी छन् । भारतले बजेट मार्फत किसानलाई दिने ऋणको सिमा बढाएको छ । भारतले किसानलाई १६.५ लाख करोडसम्म कृषि ऋण दिने लक्ष्य लिएको छ । विशेषगरी पशुपालन, माछापालन, डेरी सँग जोडिएका किसानको आम्दानी बढाउँन ऋणको प्रयोग गरिने बजेटमा भनिएको छ । भारतले किसानको आय दोब्बर गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री सितारमणले यस पटकदेखि कागजरहित बजेटको शुरुवात गरेकी छन् ।

पेन्सन पाउने ७५ वर्षभन्दा बढीका भारतीय नागरिकले अबदेखि कर तिर्नुपर्ने छैन । पेन्सन पाउने नागरिकले यसबाट लाभ लिनेछन् ।  भारतले पूर्वाधार क्षेत्रमा विदेशी लगानीलाई शतप्रतिशत छुट दिने बताएको छ । यस्तै सुनचाँदीमा आयात शुल्क कटौती गरेको छ । मोवाइल, सोलार इन्र्भटर, अटो पार्टस लगायतमा भने आयात शुल्क बढाइएको छ । यस्तै वीमा क्षेत्रमा ७४ प्रतिशतसम्मको वैदेशिक लगानी प्रस्ताव गरिएको छ । अहिले ४९ प्रतिशतसम्म वैदेशिक लगानी गर्न पाइन्छ ।

भारतले पेट्रोल र डिजेलमा कृषि कर लगाएको छ । पेट्रोलमा प्रतिलिटर २.५० भारु, डिजेलमा प्रतिलिटर ४ भारु कृषि कर लगाएको छ । यसपटक आयकरको स्ल्याब परिवर्तन गरिएको छैन ।  भारतले आत्मनिर्भर स्वास्थ्य योजनालाई जोड दिएको छ । कोरोना खोपका लागि ३ अर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यसपटकको स्वास्थ्य बजेट १ सय ३७ प्रतिशतले बढाएको छ ।

रक्सीमा शतप्रतिशत कुषि पूर्वाधार कर लगाइएको छ । यो भोलिबाटै भारतमा लागू हुँदैछ । यसले रक्सी महङ्गो हुनेछ ।   यस्तै खाने तेलमा पनि कर बढाइएको छ । यसमा कच्चा पाम आयलमा साढे १७ प्रतिशत कर लगाएको छ भने सुर्यमुखी तेलमा २० प्रतिशतले कर लगाएको छ ।


1

डा.बाबुराम भट्टराईको छिट्टै शल्यक्रिया नगरे क्यान्सरको सिकार बन्न सक्ने

2

आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै

3

बढ्याे सुनकाे भाउ

4

तीनवटा नाकाहुँदै ६० हजार टन मल नेपाल भित्रियाे

5

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?

6

आजको राशिफल


Share Tweet Send