http://bit.ly/bajajdurbartimes

भारतको लज्जास्पद हारमा टुट्यो ९६ वर्षको रेकर्ड


भारतको लज्जास्पद हारमा टुट्यो ९६ वर्षको रेकर्ड

एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा समेटिएको छ ।

कप्तान विराट कोहली सहित भारतका ६ खेलाडी १९ रनमा आउट भएको खेलमा भारतले ३१ रन बनाउन ९ विकेट गुमाएको छ ।

मोहम्मद शामी रिटायर्ड हर्ट भएको खेलमा भारत ३६ रनमा समेटिएको छ ।

एडिलेडमा पिङ्ग बलमा खेलिएको टेष्टमा घरेलु टोलीका बलरले उत्कृष्ट प्रर्दशन गरे ।

भारतको टेष्ट क्रिकेटमा सबैभन्दा कम स्कोर ४२ रनको छ । सन् १९७४ मा ईङ्ल्याण्डको लड्समा भारतीय टिमले सो स्कोर बनाएको थियो ।

टेष्ट क्रिकेटमा ईङ्ल्याण्डविरुद्ध न्युजिल्याण्डले सबैभन्दा कम स्कोर बनाएको छ । सन् १९५५ मा भएको टेष्ट क्रिकेटमा न्युजिल्याण्डले ईङ्ल्याण्डविरुद्ध २६ रन बनाएको थियो ।

न्युजिल्याण्डपछि दक्षिण अफ्रिकाको नाममा टेष्ट खेलमा सबैभन्दा कम रन चार पटक बनेको छ । अफ्रिकी टिम दुई पटक ३० रनमा आउट भएको छ भने अर्को एक पटक ३५ र अर्को पटक ३६ रनमा आउट भएको छ । अफ्रिकी टिमले तीन पटक ईङ्ल्याण्डविरुद्ध र एक पटक अष्ट्रेलियाविरुद्ध कम स्कोर बनाएको ईतिहास छ ।

एडिलेडमा पहिलो ईनिङ्समा भारतले २ सय ४४ रन बनाएको थियो । अष्ट्रेलियाले जवाफमा १ सय ९१ रन बनाएको थियो । भारतले ५३ रनको अग्रता सहित दोस्रो इनिङ्स सुरु गरेको थियो । तर ३६ रन बनाउन उसले सबै विकेट गुमायो । पाहुना टोलीले अष्ट्रेलियालाई मात्र ९० रनको लक्ष्य दिएको छ ।

मोहमद शामी रिटायर्ड हर्ट हुने बित्तिकै अष्ट्रेलियाले सबै भन्दा कम टेष्ट स्कोर बनाउने रेकर्ड बराबरी गरेको छ । अष्ट्रेलियाको समेत टेष्ट म्याचमा सबैभन्दा कम स्कोर ३६ र ४२ हो । भारतको समेत टेष्ट खेलमा सबैभन्दा कम स्कोर ३६ र ४२ हो ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send