काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्दै छन् ।
बिहीबार पन्जाबले गोकुलम केराला फुटबल क्लबको सामना गर्दा टोलीको कप्तानी किरणले गरेका हुन् ।
नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित रहँदा किरणले टोलीको कप्तानी सम्हाल्ने भएका हुन् ।
पन्जाबले लिगमा दोस्रो खेल खेल्दैछ ।