भारतीय क्रीकेट टिम अष्ट्रेलियामा, शनिबारबाटै प्रशिक्षण सुरु गर्ने


भारतीय क्रीकेट टिम अष्ट्रेलियामा, शनिबारबाटै प्रशिक्षण सुरु गर्ने

एजेन्सी । घरेलु टिमसँगको सिरिजका लागि भारतीय क्रिकेट टिम अष्ट्रेलिया पुगेका छन् ।

अष्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टिम दुबईबाट सिड्नी पुगेका हुन् । अष्ट्रेलिया पुगेको भारतीय टिम सिड्नीमा १४ दिनको क्वारेन्टिनमा बस्ने छन् । तर, भारतीय टिमले प्रशिक्षण भने शनिबारबाटै सुरु गर्ने भएको छ ।

अष्ट्रेलियाले भारतसँग खेल्ने टेस्ट टिमको घोषणा
एजेन्सी । अष्ट्रेलियाले भारतसँग खेल्ने टेस्ट क्रिकेट टिमको घोषणा गरेको छ । अष्ट्रेलिया क्रिकेटले बिहीबार टेस्ट सिरिजका लागि १७ सदस्सीय टिमको घोषणा गरेको हो । अष्ट्रेलियाले टिम पेनको कप्तानीमा टिमको घोषणा गरेको हो । टेस्ट टिममा युवा खेलाडी क्यामरुन ग्रीन र विल पोकोस्भीले स्थान बनाएका छन् । अष्ट्रेलि…

अष्ट्रेलिया सरकारले बनाएको कोरोना सम्बन्धि स्वास्थ्य प्रोटोकलको पालना गर्दै भारतले तयारी सुरु गर्ने भएको हो । अष्ट्रेलिया भ्रमण दौरान भारतले घरेलु टिमसँग ३ टी-ट्वान्टी, ३ एकदिवसीय र ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।

अष्ट्रेलिया गएको भारतीय टिममा रोहित शर्मा र इशान्त शर्मा सामेल छैनन् । दुबै खेलाडी केही समयपछि अष्ट्रेलिया जानेछन् । दुबै खेलाडी टेस्ट टिममा मात्र रहेका छन् । अष्ट्रेलिया र भारतबीचको एकदिवसीय र टी-ट्वान्टी सिरिज २७ नोभेम्बर देखी ८ डिसेम्बरसम्म चल्नेछ ।

टेस्ट सिरिज भने १७ डिसेम्बरबाट सुरु हुनेछ । तर, कप्तान विराट कोहलीले पहिलो टेस्ट मात्र खेल्ने छन् ।

१४ औं संस्करण आईपीएलमा टिम संख्या बढाउने तयारी
एजेन्सी । भारतको फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको टिम संख्या बढ्ने भएको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलको टिम संख्या बढाउने तयारी गरेको छ । बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...