durbar-times

कैलालीमा उद्याेग दर्ता कार्य बढ्दो


कैलालीमा उद्याेग दर्ता कार्य बढ्दो

कोरोना भाइरस संङ्क्रमणसँगै कैलाली जिल्लामा पछिल्लो ८ महिनामा उद्याेग दर्ता कार्य बढ्दो छ । आर्थिक वर्ष २०७५/७६ मा १ हजार २ सय ३४ र गत आर्थिक वर्ष २०७६/७७ मा १ हजार १ सय १४ उद्याेग दर्ता भएकोमा चालु वर्षको ८ महिनामा २ हजार ४ सय २७ वटा नयाँ उद्याेग दर्ता भएको घरेलु तथा साना उद्याेग कार्यलय कैलालीले जनाएको छ ।

कार्यलयका प्रमुख नवराज भट्टले कोरोना भाइरस संक्रमण जोखिमका कारण वैदेशिक रोजगारबाट स्वदेश फर्किनेहरुको संख्या बढ्दो भएको र बेरोजगारीका कारण उद्यमशीलता तथा आय-आर्जनतर्फ नागरिकहरु उन्मुख भएको कारणले पनि नयाँ उद्याेग दर्ता कार्य बढेको बताए । उनले महिलाका नाममा दर्ता हुने प्राइभेट फार्म सम्बन्धि उद्याेग दर्तामा छुट र बैंकले समेत सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने सरकारको नीति रहेकोले महिलाका नाममा बढी उद्याेग दर्ता हुने गरेको समेत बताए ।

चालु वर्षको गत ८ महिनामा कार्यलयले रु ९३ लाख ९८ हजार ६ सय राजश्वसमेत संकलन गरेको छ । नयाँ दर्ता हुने उद्याेगहरुमा उत्पादनका २ सय ६७ कृषिका, १ हजार ५ सय ९५ सेवाका र ५ सय ६३ पर्यटनका रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्म दर्ता भएका उद्याेगहरुमा रु १६ अर्ब ७६ करोड ८० लाख लगानी प्रस्ताव गरिएको छ भने दर्ता भएका उद्याेगमध्ये उत्पादनमूलक उधोगमा रु ६ अर्ब  ३ करोड ८० लाख लगानी प्रस्ताव गरिएको छ ।

कृषिमा ५ अर्ब ७० लाख,सेवामूलकमा ४ अर्ब ६५ करोड ७ लाख, पर्यटनमा २४ करोड ७० लाख, निर्माणमा ३० लाख लगानी प्रस्ताव गरिएको छ। यी उधोगबाट ६५ हजार ३ सय ८० जनाले रोजगारी पाउने विश्वास गरिएको छ ।

(  रा.स.स.  )

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send