८ कराेड कित्ता आइपिओ ल्याउँदै इन्फ्रास्ट्रक्चर बैंक


८ कराेड कित्ता आइपिओ ल्याउँदै इन्फ्रास्ट्रक्चर बैंक

नेपालकै पहिलाे पूर्वाधार विकाश बैंककाे रूपमा रहेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैँया बराबरकाे ८ कराेड कित्ता आइपिओ जारी गर्ने भएकाे छ।

बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको  बुधबार  सम्पन्न दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ आउने निश्चित भएको हो ।

मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...