काठमाडौं । इन्फ्रास्ट्रक्चर बैंकको सेयर आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न पाइने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बिहीबार कम्पनीको २० करोड कित्ता सेयर सूचीकरण गरेको हो ।
नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्युनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसामा गर्न मिल्ने बताएको छ ।