आइतबारबाट नेप्सेमा कारोबार सुरु गरेको इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेका छ ।
आज बिहिबार कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको हो ।
अहिले कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेर ५४६ पुगेको छ ।
कारोबार सुरु भएको १ घण्टामा ०.९४ अर्थात २४.४८ अंकले उकालो लाग्दै परिसुचक २६३५.९२ को बिन्दुमा पुगेको छ ।
कारोबारको १ घण्टामा १२ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह भने उकालो लागेका हुन् ।
१२ बजेसम्म कारोबारमा आएका १९१ कम्पनीको ४९ लाख ५१ हजार १२० कित्ता शेयर २८ हजार २९३ पटक खरिद बिक्री हुदाँ २ अर्ब १६ करोड ९८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।