durbar-times

इन्फ्रास्ट्रकचरको आइपिओ बाँडफाँट, कतिजनाले पाए ६० कित्ता?


इन्फ्रास्ट्रकचरको आइपिओ बाँडफाँट, कतिजनाले पाए ६० कित्ता?

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपिओ बाँडफाँट गरिएको छ । आज शुक्रबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयका भएको बाँडफाँटमा १४ लाख ७५ हजार ८ जनाले आइपिओ हात पारेका छन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका छन् ।

त्यसैगरी ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर पाएका छन् ।

३४ हजार ३० जना आवेदकले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ११ लाख ९४ हजार ४ जनाले ५० कित्ता शेयर हात पारेको बिक्री प्रबन्धले जानकारी दिएको छ ।

४ लाख ९२ हजार ७७ जना भाग्यभानी आवेदकले भने थप १० कित्ता शेयर हात पारेका छन् । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।

आइपिओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् ।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजीको २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो।

त्यसमध्ये १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो।

८ अर्ब रुपैयाँ बराबरको आइपिओ बाँडफाँटपश्चात बैंकको चुक्तापूँजी २० अर्ब पुगेको छ ।

आइपिओ रिजल्ट केहिबेरमा दरबार टाइम्समा सार्वजनिक गर्नेछाैँ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send