इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने


इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ ।

१० औँ वर्षगाँठको अवसरमा इन्स्टाग्रामले थप्यो नयाँ फिचरहरु
एजेन्सी | लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नो १० औँ वर्ष पूरा गरेको छ । फेसबुक स्वामित्वको इन्स्टाग्रामले आफ्नो १० औँ वर्षगाँठको अवसरमा प्रयोगकर्ताहरुका लागि केही नयाँ फिचरहरु थप गरेको छ । इन्स्टाग्राममा थपिएका नयाँ फिचरमा Stories Map लगायतका फिचर छन् । त्यस्तै आपत्तिजनक कमेन्टहरु हाइड गर्…

यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ । थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ । त्यस बाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

फेसबूकले थप्यो आर्को आकर्षक फिचर
काठमाडाैं । फेसबुकमा दैनिक कयौं भिडियो डाउनलोड हुने गर्दछन् । तपाईं पनि आफ्नो टाइमलाइनमा कयौं भिडियो हेर्नुहुन्छ होला । कयौं समय तपाईं कुनै भिडियो दोहोर्‍याएर हेर्न चाहनुहुन्छ । तर सर्च गर्न निकै झन्झट भइदिन्छ । अब फेसबुकले आफ्नो भिडियो प्लेटफर्ममा नयाँ आकर्षक फिचर ल्याएको छ । जसमा प्रति महिना एक अ…

“तपाइँको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाइँले मात्रै हेर्न सक्नुहुन्छ,” इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ । इन्स्टाग्रामले यो विषेशता अहिले नै लागु भइनसकेको र चाँडै नै लागु हुने पनि जानकारी दिएको छ ।

भारतको नक्शा गलत देखाएको कारण ट्विटरले लिखित स्पष्टिकरण दिनुपर्ने
लदाखको जियो ट्यागिङ्गमा ट्विटरले चिन देखाएकोमा अब ट्विटरले लिखित स्पष्टिकरण दिनुपर्नेछ

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...