कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानविरुद्ध २-१ गोलको जित निकालेको हो । इन्टरको मैदानमा भएको खेलमा युभेन्टसले पुनरागमन जित निकालेको हो ।
खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, क्रिस्टियानो रोनाल्डो चम्किएपछि युभेन्ट्सले पुनरागमन गर्यो । खेलको २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।
अब दुई टिमबीचको दोस्रो लेग १० फेब्रुअरीमा युभेन्ट्सको मैदानमा हुनेछ ।