इटाली, जर्मनी र पोर्चुगलको जित हुँदा फ्रान्स पराजित, नेदरल्यान्ड्स र स्पेन बराबरीमा


इटाली, जर्मनी र पोर्चुगलको जित हुँदा  फ्रान्स पराजित, नेदरल्यान्ड्स र स्पेन बराबरीमा

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटाली, जर्मनी र पोर्चुगलको जित हुँदा फ्रान्स पराजित भयो भने नेदरल्यान्ड्स र स्पेन बराबरीमा रोकेको छ ।

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र स्पेनले बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्पेनले १-१ गोलको बराबरी खेलेको हो ।

यूईएफए नेसन्स लिगको खेल अघि दुबै टोलीले मैत्रीपूर्ण खेल खेलेको हो ।

अर्को मैत्रीपूर्ण खेलमा बेल्जियमले स्विजरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बेल्जियमको जितमा मिचे बात्सुयाईले दुई गोल गरे । स्विजरल्याण्डका एडमिर मेहमेदीले एक गोल फर्काए ।

इटालीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालीले इस्टोनियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अर्को मैत्रीपूर्णमा जर्मनीले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको छ । जर्मनीको जितमा जियान लुकाले निर्णायक गोल गरे ।

यता फ्रान्स घरेलु मैदानमै पराजित भएको छ । बुधबार राति भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको हो ।

विश्वकप विजेता फ्रान्सविरुद्ध जित निकाल्न फिनल्याण्डका मार्कुस फोर्स र ओनी भालाकारीले एक एक गोल गरे ।

यस्तै मैत्रीपूर्ण खेल अन्तर्गत नै पोल्याण्डले युक्रेनलाई २-० ले हराएको छ । त्यस्तै डेनमार्कले स्विडेनलाई २-० ले नै हराएको छ ।

पोर्चुगलले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पोचुगलले एन्डोरालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै सानदार जित निकालेको हो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...