आईपीएलमा आज २ खेल


आईपीएलमा आज २ खेल

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र साविक उपविजेता चेन्नई आफ्नो नवौं खेलका लागि मैदान उत्रने छन् । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...