१४ औं संस्करण आईपीएलमा टिम संख्या बढाउने तयारी


१४ औं संस्करण आईपीएलमा टिम संख्या बढाउने तयारी

एजेन्सी । भारतको फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको टिम संख्या बढ्ने भएको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलको टिम संख्या बढाउने तयारी गरेको छ । बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने गरेका छन् । तर, १४ औं संस्करणमा टिम संख्या बढाउने तयारी गरिएको हिन्दुले जनाएको छ । यस्तै आगामी सिजनको लागि नयाँ अक्सन गराउने समेत बीसीसीआईले तयारी गरेको छ ।

'क्रिकेट बोर्ड (बीसीसीआई) को तयारी आउने संस्करणमा ९ टिम खेलाउने छ,' बीसीसीआई एक अधिकारीले भनेका छन्, 'त्यसको लागि अक्सन वर्षको सुरुवातमा हुनेछ ।' कोरोना महामारीको कारण १३ औं संकरणको आईपीएल युएईमा भएको थियो । तर, आगामी सिजन भने भारतमै आयोजना हुने बताईएको छ ।

मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन
मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...