एजेन्सी । इण्डियन प्रिमियर लिगको लिलामीको मिति र स्थान तोकिएको छ ।
सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ ।
आईपीएलले बुधबार १४ औं संकरणको लागि अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुनेछ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेको छ ।
आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको थियो । यसपटक आइपिएलका ८ फ्रेन्चाइजीहरुले कूल ५७ खेलाडी रिलिज गरेका छन् ।
कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल युएईमा भएको थियो । फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।
यो सिजनको आइपिएलको आयोजनाको लागि पहिलो रोजाइको रुपमा भारतलाई राखिएको छ । भारतमा आयोजना गर्न नसकिने अवस्थामा दोस्रो विकल्पको रुपमा युएइलाई राखिएको छ ।
🚨ALERT🚨: IPL 2021 Player Auction on 18th February🗓️
— IndianPremierLeague (@IPL) January 27, 2021
Venue 📍: Chennai
How excited are you for this year's Player Auction? 😎👍
Set your reminder folks 🕰️ pic.twitter.com/xCnUDdGJCa