एजेन्सी | भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करणको मिति घोषणा भएको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी संस्करणको आईपीएलको मिति घोषणा गरेको हो ।
१४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।
चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् ।प्रतियोगिताका खेलहरु चेन्नईसहित अहमदाबाद, बेंगलोर, दिल्ली, मुम्बई र कलकत्ता गरि ६ शहरमा हुनेछ ।
यस सिजन होम एण्ड अवेको आधारमा खेल हुनेछैन । आईपीएल-२०२१ का लागि अक्सन सम्पन्न भईसकेको छ ।

