काठमाण्डौ | इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजनका लागि सबै टोलीले रिटेन र रिलिज गरिएका खेलाडीहरुको सूची बुधबार सार्वजनिक गरेको छ ।
आईपीएलका ८ फ्रेन्चाइजीले यस वर्ष कूल ५७ खेलाडीलाई रिलिज गरेका छन् । नेपाली युवा खेलाडी सन्दीप लामिछाने पनि परेका छन् ।
सन्दीपलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको हो । गत सिजन उनले टोलीबाट खेल्ने अवसरसमेत पाएनन् । टोलीबाट सन्दीपसहित मोहित शर्मा, तुषार देशपान्डे, कीमो पाल, एलेक्सी केरी र जेसन रोय रिलिज भएका छन् । टोलीले ६ जना खेलाडीलाई रिलिज गर्दा १९ जनालाई भने पुनः टिममा रिटेन गरेको छ ।
लामिछानेलाई सन् २०१८ मा दिल्लीले २० लाख भारतीय रूपैयाँमा अुनबन्ध गरेको थियो।
दिल्लीमा तीन सिजन बिताएका सन्दीपले आठ खेलबाट १३ विकेट लिए। उनले पहिलो सिजनमा तीन खेलबाट पाँच विकेट गिराएका थिए भने २०१९ को सिजनमा पाँच खेलबाट आठ विकेट लिए। तेस्रो सिजनमा भने उनी कुनै खेलमा पर्न सफल भएनन्।
अब लामिछानेलाई कुनै टिमले किन्छ वा उनि यस आईपीएलमा बिक्दैन्न त्यो भने हेर्ने बाकी छ । विज्ञहरुका अनुसार उनलाई कोलकातले किन्न सक्ने सम्भावना उच्च रहेको छ ।
रोयल च्यालेन्जर्स बैंग्लुरुले सर्वाधिक १० खेलाडी रिलिज गरेको छ भने पञ्जाबले ९, राजस्थानले ८, मुम्बईले ७, दिल्लीसहित चेन्नई, कोलकाताले ६–६ र हैदराबादले ५ खेलाडीहरुलाई रिलिज गरेको छ ।
राजस्थानले कप्तान स्टीभ स्मिथलाई पनि टीमबाट बाहिर गरेको छ ।