आईपीएल फाइनल आज, मुम्बई र दिल्ली भिड्दै


आईपीएल फाइनल आज, मुम्बई र दिल्ली भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा आज मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ । मुम्बई र दिल्लीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ । दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौ उपाधि आफ्नो बनाउन चाहन्छ । तर, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्लीको इतिहास भने मुम्बईको ठिक विपरित रहेको छ ।

दिल्लीले आईपीएलको उपाधि जित्न सकेको छैन । दिल्ली आईपीएलकै इतिहासमा पहिलो पटक फाइनल समेत पुगेको हो । त्यसैले दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ ।

पहिलो क्वालिफायरमा हार व्यहोरे पनि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्दै पुन: मुम्बईसँगको भेट पक्का गरेको हो । दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराएको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...