durbar-times

यसवर्षको आइपीएल भारतका ६ सहरमा


यसवर्षको आइपीएल भारतका ६ सहरमा

बिसिसिआईले यस वर्ष हुने इन्डियन प्रिमियर लिग आयोजनाका लागि भारतका मुख्य ६ सहरलाई छनोट गरेको छ ।

खबरअनुसार यसपटक आइपीएल भारतको मुम्बई, बेङ्लुरु, चेन्नई, कोलकाता, अहमदाबाद र दिल्लीमा हुनेछ ।

यसपटक तीन टिम राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र पञ्जाब किङ्स आफ्नो घरेलु मैदानमा खेल्न भने नपाउने भएका छन् ।

तोकिएका ६ सहरमध्ये अमहदाबाद एक्लो यस्तो शहर हो जसको कुनै फ्रेन्चाइजी टिम छैन । बाँकी पाँच शहरका आफ्ना फ्रेन्चाइजी टिम हुन्, जसले आफ्नो घरेलु मैदानमै म्याच खेल्न पाउनेछन् ।

महाराष्ट्र सरकारले कोरोनाको बढ्दो संक्रमणका बाबजुत पनि वानखेडे स्टेडियममा म्याच आयोजना गर्ने अनुमति दिएको छ ।

पूणेमा भारत र इङल्याण्डबीच एक दिवसीय सिरिज दर्शकबिना नै आयोजना हुनेछ । साथै महाराष्ट्र सरकारले पनि स्टेडियममा दर्शक राखेर म्याच आयोजना गर्ने अनुमति भने दिएको छैन ।

आइपीएलको यस सत्रको शुरुवात अप्रिल दोस्रो साताबाट हुने बिसिसिआईले जनाएको छ । यद्यपि केही राज्यमा म्याचका समयमा दर्शकलाई सहभागिताका लागि अनुमति नदिइने भएको छ । केही राज्यमा भने स्टेडियमको क्षमता अनुसार ५० प्रतिशत दर्शक राख्न सकिने अनुमति भने दिइएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send