आईपीएलमा कोलकाता र पन्जाबको जित


आईपीएलमा कोलकाता र पन्जाबको जित

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई र पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

अबुधाबीमा शनिबार भएको खेलमा कोलकाताले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीलाई ५९ रनले पराजित गरेको हो ।  शेख जायद क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

जितपछि कोलकाताले ११ खेलमा १२ अंक जोडेको छ । कोलकाता तालिकाको चौंथो स्थानमा रहेको छ । दिल्लीले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको दिल्लीले ११ खेलमा १४ अंक जोडेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...